April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

समाचार खण्डन:सूर्य नेम्बाङलाई आफूविरुद्ध लगाइएको आरोप पुष्टि गर्न समी काची श्रेष्ठको चुनौती

9.2K

काठमाडौं । भूतपूर्व गोर्खा सैनिक सूर्य नेम्बाङले निराधार आरोप लगाएको भन्दै समी काची श्रेष्ठले आफूविरुद्ध सम्प्रेषण भएको समाचारको खण्डन गरेकी छन् । जेठ ८ गते नेपाल मामिला डटकमबाट ‘सूर्य नेम्बाङद्धारा आफूविरुद्दको आरोपको खण्डन’ शिर्षकमा सम्प्रेषण भएको समाचारको खण्डन गर्दै श्रेष्ठले उक्त समाचारमा उल्लेख गरिएको आरोपलाई प्रमाणित गर्न नेम्बाङलाई चुनौतीसमेत दिएकी छन् ।

यसअघि नेम्बाङविरुद्ध ‘भूतपूर्व गोर्खाका सन्तान बेलायत लगिदिने बहानामा करोडौं ठगी’ शिर्षकमा जनआस्थामा समाचार सम्प्रेषण भएको थियो । विनाप्रमाण आरोप लगाइएको भन्दै नेम्बाङले उक्त समाचारको खण्डन गरेका थिए । गत जेठ ५ गते ‘नेपाली समाचार डटकम’ युट्युब च्यानलमा नेम्बाङले दिएको अन्तवार्ता र नेम्बाङसँगको कुराकानीको आधारमा नेपाल मामिलाले ‘विनाप्रमाण समाचार लेखियो, सूर्य नेम्बाङद्धारा आफूविरुद्दको आरोपको खण्डन’ शिर्षकमा समाचार सम्प्रेषण गरेको थियो ।

यस्तो छ, नेम्बाङले नेपाली समाचार डटकमलाई दिएको अन्तर्वार्ता:

Advertisement

भूतपुर्व गोर्खा सैनिकहरुको परिवारलाई बेलायत लैजाने विषयलाई लिएर विवाद उत्पन्न भएको हो । समाचारको खण्डन गर्ने क्रममा नेम्बाङले नेपालमा विपिन शाहको अफिस स्टाफ समी काची श्रेष्ठसँग काम गर्ने क्रममा उनले जथाभावी क्लाइन्टहरु तयार पार्ने र मनोमानी शुल्क अशुल्ने गरेको आरोप लगाएका थिए । उक्त आरोपको खण्डन गर्दै श्रेष्ठले भनेकी छन्, ‘हरेक शुल्क सूर्य नेम्बाङलाई सोधेर र जानकारी गराएर न्युनतम शुल्क लिएको जानकारी प्रमाणसहित आफूसँग भएको जानकारी गराउन चाहन्छु ।’

श्रेष्ठले नेम्बाङले दाबी गरे जसरी आफूले उनको कार्यलयमा जागिर नखाएको पनि बताएकी छन् । ‘जागिरबाट निकाल्ने कुरामा हामी कसैको अफिसमा जागिर खाएको हुनुपर्यो । आफ्नो अफिस स्वयम् आफ्नै नाममा दर्ता भएको छ, उसले कुन आधारमा जागिरको कुरा गर्दै छ ? उसले चाही क्लाइन्टहरुलाई “फलानो ठाउँमा मेरो अफिश छ, त्यहाँ बस्ने मेरा स्टाफ हुन्” भनेर अनावासेक कुरा फैलाउने र यूकेको पेमेन्ट बारे उनीहरुलाई थाहा हुन्न, पेमेन्ट सम्बन्धि कुरा नगर्नु भनेर भन्ने गर्दो रहेछ । सो कुरा बाहिर आएको छ उहाँले जागिरबाट निकाले अनुसार त “श्रेष्ठ करियर अड्भाइजर” भन्ने अफिस बन्द हुनुपर्ने । खै हामीले त ऐलेसम्म पुरानै ठेगानामा संचालन गरी नै रहेका छौं । उहाँ चाहीँ यता हाम्रो अफिसबाट र यूकेमा एभरेस्ट ल सोलिसिटरबाट निकाला भएको हो । निकालिएका को हुन् त ?’, उनले प्रश्न गरेकी छन् ।

यस्तो छ, काची काची श्रेष्ठको खण्डनको पूर्ण पाठ: