November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

कांग्रेस रुपान्तरण पक्षधरहरुको बागमती प्रदेशस्तरीय भेला

2.5K

काठमाडौँ । नेपाली कांग्रेस रूपान्तरण पक्षधरहरुको बागमती प्रदेशस्तरीय भेला काठमाण्डौंमा सम्पन्न भएको छ । मंगलबार काठमाडौँको बत्तिसपुतलीमा कांग्रेस संस्थापन इतर पक्षीय नेताको सहयोगितामा कांग्रेस रूपान्तरण बागमती प्रदेशस्तरीय भेला सम्पन्न भएको हो ।

भेलामा अभियानका प्रदेश संयोजक एवं केन्द्रीय सदस्य मधु आचार्यका अनुसार पार्टी विधान अनुरुप नचलेको कारण विशेष महाधिवेशनमा जानेछ ।

’पार्टीको विधानमा व्यवस्था भएअनुसार केन्द्रीय कार्यसमितिको बैठक बोलाइँदैन, महासमितिको बैठक राखिँदैन वा महाधिवेशन सकिएको ६ महिनाभित्र हुने भनिएको नीति अधिवेशन आयोजन गरिँदैन भने पार्टी बचाउनका खातिर विशेष महाधिवेशनमा जानु बाहेक अर्को विकल्प छैन ।’ आचार्यले सञ्चारकर्मीसँग बताए ।

Advertisement

नुवाकोटका पूर्व सभापति जगदीश्वर नरसिंह केसीले परम्परागत गुटको अन्त्य गर्दै पार्टीलाई नयाँ जीवन दिन सबै नेता कार्यकर्तासँग हातेमालो गरिने बताए ।

कार्यक्रममा नेताहरु गुरुराज घिमिरे, रंजित कर्ण र देवराज चालिसेले देश र जनताको विकास एवं समृद्धिका लागि पनि कांग्रेसभित्र सामान्य औषधिमूलो वा उपचारले काम नगर्ने तथा गतिलै शल्यक्रिया अत्यावश्यक भएको औँल्याएका थिए ।