April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

‘समाजवादी मोर्चा’को आधार पत्र तयार

1.7K

काठमाडौँ । लामो समयदेखि गठनको चर्चामा रहेको ‘समाजवादी मोर्चा’को आधार पत्र तयार भएको छ । मोर्चा गठनका लागि नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत समाजवादीले आआफ्नो पार्टीभित्र छुट्टा छुट्टै कार्यदल समेत गठन गरेका छन् ।

माओवादीले उपाध्यक्ष कृष्णबहादुर महरा, एकीकृत समाजवादीले महासचिव बेदुराम भुसाल र जसपाले वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा कार्यदल कार्यदल बनाएको छ । तीनवटै दलले बनाएको कार्यदलबीच छलफल भएर मोर्चाको आधार पत्र तयार भएको जानकारी प्राप्त भएको छ ।

आधारपत्रलाई शीर्ष नेताहरुले छलफल गरेर अन्तिमरुप दिन भने बाँकी छ । अहिले गठबन्धन, सरकारको नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित भएका कारण शीर्ष नेताहरुले आधार पत्रबारे विस्तृत छलफल हुन नसकेको कार्यदलका एक नेताले जानकारी दिए ।

Advertisement