November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

‘जित्नु र हार्नु ठूलो कुरा होइन, महिला सहभागिता ठूलो कुरा हो’: रबिना थापा

9.5K

लण्डन– गैरआवसीय नेपाली संघकी वर्तमान उपाध्यक्ष रबिना थापाले महिला संयोजक पद विधानबाट हटाउनु भनेको एनआरएनएको इतिहासमा महिलाहरूको भूमिका मेटाउने समान भएको बताउनुभएको छ । नेपाल मामिला डट कमले आयोजना गरेको “एनआरएनएमा महिला नेतृत्व, अनुभव, चुनौति र सम्भावनाहरू” विषयक कार्यक्रममा नेत्री थापाले यस्तो बताउनुभएको हो ।


कार्यक्रममा आफुले जापान बसेको समयदेखि नै विभिन्न संघ संस्थामा काम गर्दै आएको र नेपालीहरुको हकहितका लागि काम गरेको बताउँदै ‘महिला जुनसुकै पदमा उठ्नुपर्छ, जित्नु र हार्नु ठूलो कुरा होइन, सहभागित भएपनि देखाउनुपर्छ, जुन सुकै पदको लागि हामी उठेँउ भने पो हामिले ठाउँ पाउँछौँ हामिले पद नै खाली राखिदिन्छौँ । एनआरएनले प्यालेट फर्म दिएता पति हामीले त्यो ठाउँ किन खाली छोड्दौँ ‘? भन्दै थापाले प्रश्न गर्नुभयो ।

महिलालाई कुनै पनि ठाउँमा स्थान नदिने सधैँ पछाडि राख्ने प्रवृत्तिले आज महिला सोचेजस्तो ठाउँमा पुग्न नसकेको उल्लेख गर्नुभयो । कुनै पनि कार्यक्रममा महिला र युथलाई छुटाउन नहुने र अहिलेको अवस्थामा विश्वव्यापी रुपमा महिलाको आवाज बुलन्द भइरहेको बताउनुभयो।

Advertisement

एनआरएनको विधानमा महिला संयोजक हटाउने कुरा को घोर विरोध गर्दै ‘महिला संयोजक हट्नु भनेको हिजो विगतदेखिको महिला संयोजकको इतिहासलाई समाप्त पार्नु हो, यसको म पनि विरोध गर्छु’ उहाँले भन्नुभयो ।

साथै युवा भनेका ३० वर्ष मुनिको हुनेपर्ने कुरामा जोड दिँदै युवालाई युवाको कोटा मा मात्रै र महिलालाई महिलाको कोटामा मात्रै सिमित गराउन नहुने बताउनुभयो ।

पुरुष दाजुभाईको कोठे राजनीतिका कारण महिलाले नयाँ कुरा सिक्ने वातावरण नभएको र आफुलाई जिताउनको लागि मात्र महिला दिदी बहिनीलाई सदस्य बनाइएको समेत उल्लेख गर्नुभयो । ५० प्रतिशत महिला NCC मा हुनु पर्छ यदि छैन भने त्यो खारेज हुनुपर्छ भन्ने उहाँको धारणा थियो ।

पूरा भिडियो हेर्नुहोसः