November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

डा. सन्दुक रुइतलाई प्रधानमन्त्री प्रचण्डको बधाई

2K

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डा. सन्दुक रुइतले इसा अवार्ड पाएकोमा बधाई दिएका छन् । बिहीवार सामाजिक संजालबाट प्रधानमन्त्रीले रुइतलाई बधाई दिँदै मानव कल्याणको क्षेत्रमा उनको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय रहेको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले लेखेका छन्, ‘वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले प्रतिष्ठित इसा अवार्ड प्राप्त गर्नुभएकोमा हार्दिक बधाइ ज्ञापन गर्दछु। मानव कल्याणको क्षेत्रमा उहाँको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय छ। राज्यसँग उहाँले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ।’

नेपालका नेत्र चिकित्सक सन्दुक रुइतले आँखाका समस्या भएका विश्वका धेरै मानिसलाई नयाँ संसार देखाएका छन् । उनको यो योगदानको कदर गर्दै बहराईनका पूर्व राजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित १० लाख डलरको इसा अवार्ड-२०२३ द्वारा रुइतलाई पुरस्कृत गर्ने घोषणा गरेको हो ।

Advertisement

‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले सन् २०१३ देखि हरेक दुई वर्षमा संसारभरबाट मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई यो अवार्ड दिने गरेको छ। डा. रुइत यो पुरस्कार पाउने पाँचौँ व्यक्ति हुन्।