April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

२४ घण्टामा १७ जना कोरोना संक्रमितको मुत्यु

२०७७ कार्तिक १५

2.2K

काठमाडौं – पछिल्लो २४ घन्टामा  १७ जना कोरोना संक्रमितको मुत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३७ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर २५ सय आठजना कोरोना भाइरस संक्रमित थपिएका छन्। मन्त्रालयले गरेको अपडेट अनुसार देशभर पछिल्लो २४ घण्टामा ९ सय ७६ जना महिला र १५ सय ३२ जना पुरुष संक्रमित थपिएका हुन्। 

मन्त्रालयका अनुसार यही अवधिमा २२ सय ६४ जना संक्रमित निको भएका छन्। होम आइसोलेसन, संस्थागत आइसोलेसन र अस्पतालमा उपचाररत संक्रमित निको भएका हुन्।
 

Advertisement