November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

1.3K

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

सभापति शेरबहादुर देउवाले दिउँसो २ बजे सानेपास्थित पार्टी कार्यालयमा बस्ने गरी बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्य सहभागी हुनेछन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस तथा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका नेताका विषयमा बैठकले निर्णय गर्ने बताइएको छ ।

Advertisement

यस्तै चुनावी घोषणापत्रका विषयमा पनि छलफल हुने कांग्रेसका एक नेताले बताए ।