April 13, 2024, Saturday
२०८१ बैशाख १
1:37:26 pm

एमाले र जसपा छलफलमा, २० देखि २५ सिटमा कुरा मिल्ने सम्भावना

1.3K

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेबीच चुनावी तालमेलका लागि छलफल भइरहेको छ । दुई पार्टीबीच भएको वार्ता सकारात्मक भएको नेताहरुले दाबी गर्दै आज पुनः शीर्ष नेताहरुबीच छलफलपछि सहमति पत्रमा हस्ताक्षर हुने एक एमाले नेताले जानकारी दिए ।

नेकपा एमालेका शीर्ष नेता र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच बिहीबार साँझ भएको छलफलमा चुनावी तालमेलका लागि दुवै पक्ष सकारात्मक भएको नेताहरुको भनाइ छ । बिहीबार एमाले अध्यक्ष ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच चुनावी तालमेलबारे लामो छलफल भएको थियो ।

सत्ता गठबन्धनमा १६ सिट पाएको जसपाले त्यसमा चित्त नबुझाएपछि एमालेसँग चुनावी तालमेलको प्रक्रिया अघि बढाएको हो । एमाले नेता रघुवीर महासेठको नीजि निवास भैंसेपाटीमा भएको छलफलमा जसपा अध्यक्ष यादवले प्रतिनिधि सभाका २५ मा एमालेले सघाउनु पर्ने प्रस्ताव राखेको थियो । त्यसमा एमालेले २० देखि २१ सिटमात्र दिन सकिने अडान राखेपछि सहमति पत्रमा हस्ताक्षर हुन नसकेको बुझिएको छ ।

Advertisement

एमाले अध्यक्ष निकट स्रोतका अुनसार बिहीबारको छलफलमा जसपाले मधेस प्रदेश, लुम्बिनी प्रदेश, वागमती र प्रदेश १ गरी प्रतिनिधि सभातर्फ २६ सिट र प्रदेश सभातर्फ पनि सोही अनुपातमा जसपालाई छोड्नुपर्ने प्रस्ताव अघि सारेको थियो । तर जसपाको उक्त प्रस्तावमा एमालेले २० देखि २१ सिट छोड्न तयार भएको छ ।

स्रोतका अनुसार जसपाले संघमा २५ सिट मागेको छ, सोही अनुपातमा प्रदेशमा पनि उसको माग छ भने एमाले २० देखि २१ सिट संघमा र प्रदेशमा पनि सोही अनुसार दिन तयार भएको छ । २० देखि २५ सिटमा कुरा मिल्ने सम्भावना रहेको जनाइएको छ ।