April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

विप्लव समूहले आब्हान गरेको नेपाल बन्दको प्रभाव सामान्य, कैलालीमा शंकास्पद वस्तु फेला

1.8K

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले (आज)मंगलबार घोषणा गरेको नेपाल बन्दको प्रभाव सामान्य देखिएको छ । विभिन्न स्थानमा बम फेला परेको छ भने सवारी साधनहरु सामान्य मात्र चलिरहेका छन् ।

काठमाडौं उपत्यकामा यातायात निर्वाद चलिरहेका छन् । तर बिहानैदेखि उपत्यकाका प्रमुख सडक र चोकहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली तैनाथ गरिएको छ।

कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । प्रदेश नम्बर १ को झापा, इलाम, पाँचथर र ताप्लेजुङमा बन्दको प्रभाव देखिएको छ । मेची राजमार्गमा सवारी आवगमन न्यून छ ।

Advertisement

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेर उल्टै आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ पूर्जी जारी गरेको, एमसीसी, महंगी र राष्ट्रघाती सन्धि सम्झौताविरुद्ध विप्लव नेतृत्वको नेकपासहितका चार दलले बन्द आब्हान गरेका हुन् ।

यता, गृहमन्त्री बालकृष्ण खाणले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग भएका सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको प्रतिक्रिया दिएका छन् । मन्त्री खाणले यसअघिको सरकारले नेकपासँग २०७७ साल फागुन २० गते गरेको तीनबुँदे सम्झौता कार्यान्वयनमा गइसकेको र केही प्रक्रियामा रहेको जानकारी दिए।

यत, विप्लव समूहले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको बहिष्कार गर्ने संकेत गरेको छ । उक्त समूहले हालको संसदीय व्यवस्थाको खुलेर विरोध गरिरहेको छ । बन्दलाई ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीले समर्थन गरेका छन्।