November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

ओमिक्रोनको नयाँ भेरिएन्ट ‘बीएफ.वान’ पुष्टि

4.2K

काठमाडौं : नेपालमा कोरोना ओमिक्रोनकाे नयाँ भेरिएन्ट फेला परेको छ। अत्यधिक संक्रामक मानिएको ओमिक्रोनको उपप्रजाति बीएफ.१ फेला परेको हो।

धुलिखेल अस्पतालमा गरिएको २२ वटा आनुवंशिक नमुना परीक्षणमा ओमिक्रोनका विभिन्न उपप्रजातिहरु देखिएको अस्पतालका डाक्टर राजीव श्रेष्ठले जानकारी दिए। उनका अनुसार तीमध्ये २ वटामा बीएफ.१ र ६ वटामा बीए.५ उपप्रजाति पुष्टि भएको छ।

अस्पतालमा अझै ८ वटा नमुना परीक्षणका क्रममा रहेका श्रेष्ठले बताए। अहिलेसम्म नेपालमा कोरोनाको प्रजाति तथा उपप्रजातिहरुमा बीएफ.१ देखिएको थिएन।

Advertisement

डा. श्रेष्ठका अनुसार ओमिक्रोनको उपप्रजाति बीएफ.१ अहिलेसम्मकै संक्रामक मानिएको छ। नयाँ उपप्रजाति भेटिएपछि अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई पनि खबर गरिसकेको छ। पछिल्लो समय नयाँ उपप्रजातिहरु बीए.५ र बीएफ.१ ले नै संक्रमण बढाएको अनुमान गरिएको छ।

ओमिक्रोन भेरियन्ट अन्तर्गत बीए.५ को सवभेरियन्टको रुपमा बीएफ.१ पुष्टि भएको डा. श्रेष्ठले स्पष्ट पारे। सवभेरियन्ट संक्रामक रहेपनि कत्तिको खतरनाक रहेको भन्ने अध्ययन हुन बाँकी रहेको डा. श्रेष्ठको भनाइ छ।

नयाँ सवभेरियन्ट संक्रामक रहेपनि कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाएकाहरुलाई भने कम असर गर्ने श्रेष्ठले बताए।