काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन र मष्तिस्कको सन्तुलन नै योग भएको बताए ।अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा अन्तर्राष्ट्रिय मूल समारोह समिति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट आयोजना गरेको कार्यक्रममा मन्त्री आलेले योग गर्नु भनेको शारीरिक र मानसिक रुपमा स्वास्थ्य, शान्त र अध्यात्मिक रुपले उच्च चेतनायुक्त भएर जिउने कला भएको बताएका हुन् ।
‘आम नागरिक निरोगी बन्न तथा मन र मष्तिस्कको सन्तुलन कायम गर्न योग गर्न आवश्यक छ, मानव जीवनमा योगको अत्ति नै आवश्यक रहेको छ ।’, मन्त्री आलेले बताए ।
सजगता, संयमता र लगनशीलता जस्ता महत्वपूर्ण मूल्यहरुमार्फत सकारात्मक सोचको विकास गर्न योगले निकै मद्यत गर्नेसमेत उनले बताए ।
अन्तर्राष्ट्रिय मूल समारोह समितिका उपसंयोजकसमेत रहेका मन्त्री आलेले योगलाई अध्ययन र सिकाइको विषय बनाई यसका बारे अध्यापन गराउन पनि आग्रह गरे ।