काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावमा एमाले नहारेको तर पार्टीभित्रै लाजमर्दो अन्तर्घात भएको बताएका छन् । आज बानेश्वरमा बसेको संसदीय दलको बैठकमा ओलीले अरु दलमा नदेखिएको अन्तर्घात पार्टीभित्र देखिएको बताए ।
अध्यक्ष ओलीले भने, ‘काँग्रेसमा छैन, माओवादीमा छैन । तर लाजैमर्दो भयो हाम्रोमा ।’
यस्तै, चुनावी नतिजाबारे ब्रिफिङ गर्दै ओलील एमाले हारेको भन्न भने नमिल्ने बताए । अलिकति सिट घटेको तर पपुलर मत नघटेको हुनाले यसलाई हारेको भन्न नमिल्ले उनको भनाइ थियो ।
एमालेले मेयर भन्दा उपमेयर धेरै जितेको नतिजा प्रस्तुत गर्दै अध्यक्ष ओलीले उपमेयर पनि मेयर बराबर नै भएको बताए ।