काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा सत्तारूढ गठबन्धनलाई हराउँदै टीकाराम खड्का र उपमेयरमा स्यानी चौधरी विजयी भएका हुन्।
खड्का गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका गेहेन्द्र गिरीलाई पराजित गरि विजयी बनेका हुन् । खड्काले ३१४०८ मत ल्याउँदा गिरिले २७७१६ मत पाए।
यस्तै, उपमेयरमा चौधरीले ३०५९७ मत ल्याएर विजयी भइन्। पराजित भएका नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना मगरले २१०६५ मत पाए।
एमालेले यसअघि छिमेकी घोराही उपमहानगरमा पनि सत्ता गठबन्धनलाई हराएर जित हात पारेको थियो। यी दुबै उपमहानगरमा २०७४ को चुनावमा पनि एमाले विजयी भएको थियो।