पाँचथर । पाँचथरको याङवरक गाउँपालिकामा एमालेका उम्मेदवार सुबास योङ्या (भिम बहादुर योङ्या) निर्वाचित भएका छन् । गठवन्धनका मविन्द्र योङयालाई झिनो मतले पछि पार्दै उनी विजयी बनेका हुन् ।
एमालेका भिम योङयाले ४ हजार १ सय १८ मत प्राप्त गरेका छन् भने गठवन्धनका मविन्द्र योङयाले ४ हजार ३८ मत प्राप्त गरेका छन् । ८० मतले भिम विजयी बनेका हुन् ।
यसैगरी, उक्त गाउँपालिका उपाध्यक्षमा पनि एमालेकी बाबा मेन्याङ्बो निर्वाचित भएकी छन् । उनले ३ हजार ९ सय १८ मत प्राप्त गरेका छन्र ।
जम्मा १४,२०६ मतदाताहरु रहेको याङवरक गाउँपालिकाका ६ वटा वडामध्ये काँग्रेसले ३ र एमालेले ३ वटा वडाध्यक्षमा विजय हात पारेका छन् । वडा १ (साविक च्याङथापू) मा एमालेका राजिन्द्र खालिङ, वडा २ (साविक फलैंचा) मा कांग्रेसका देउकुमार योङहाङ, वडा ३ (साविक अन्याम) मा एमालेका विमल राई र वडा ४ (साविक थर्पू) मा काँग्रेसका सविन माबो विजयी भएका छन् ।
त्यस्तै, वडा ५ (साविक दारिम्बा र सिरिसे) मा एमालेका टेक नाथ न्यौपाने र वडा ६ (साविक नागी) मा काँग्रेसका रोहित योङ्हाङ निर्वाचित भएका हुन् ।