November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

धनकुटा नगरपालिकाको मेयरमा एमालेका चिन्तन तामाङ विजयी

2K

धनकुटा । धनकुटा नगरपालिकाको मेयरमा नेकपा एमालेका चिन्तन तामाङ विजयी भएका छन्। कांग्रेस-माओवादी गठबन्धनतर्फबाट कांग्रेस उम्मेदवार दिनेश राईलाई पराजित गर्दै तामाङ मेयरमा निर्वाचित भएका हुन्।

निर्वाचन आयोगका अनुसार तामाङले ७६६६ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी राईले ७६५२ मत प्राप्त गरेका छन्। राई १४ मतले पछि परेका हुन् ।

यस्तै, उपमेयर पनि एमालकै भीमादेवी खनाल निर्वाचित भएकी छन् । उनले ७१९६ मत प्राप्त गरिन् भने माओवादी केन्द्रका उपमेयर उम्मेदवार गणेशबहादुर विष्टले ६६२९ मत प्राप्त गरे।

Advertisement