काठमाडौं । एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हार स्वीकार गरेर फर्किएको बताएका छन् ।
भरतपुरको मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै थापाले भने, ‘यो निर्वाचनमा सूर्यका उम्मेदवार विजय हुन्छ । गठबन्धनले हार स्वीकार गरी सकेको छ । त्यसैले सूर्य विजयी हुन्छ भन्ने कुरा त अस्ति भएको भरतपुर सभाबाट स्पष्ट भईसकेको छ । विहान उहाँ(प्रचण्ड) पनि हार स्वीकार गर्नु भएको छ । मतदानमा हार जित स्वभाविकै रुपमा लिनुपर्छ भन्नुको अर्थ त्यहीँ हो ।’




