November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

आज थपिए ७ सय ८२ कोरोना संक्रमित, १६ जनाको मृत्यु

2.4K

काठमाडाैं – नेपालमा शुक्रबार थप ७८२ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालका संक्रमित संख्या २ लाख ५२ हजार ४७४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै कोरोनाका कारण थप १६ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट हालसम्म १७ सय ६५ जनाको मृत्यु भएको छ। त्यस्तै थप एक हजार २९ जना कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ४१ हजार ३९२ जना कोरोनामुक्त भएका छन्।

हाल नेपालमा ९ हजार ३१७ जना आइशोलेसनमा छन्। ४ सय २७ जना क्वारेन्टाइनमा रहेका मन्त्रलायले जारी गरेको सूचना उल्लेख छ। नेपालमा हालसम्म १८ लाख ६१ हजार ४३० वटा पिसिआर गरिएको जनाइएको छ। 

Advertisement