काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आगामी स्थानीय तह निर्वाचनमा राप्रपा नेपाल र परिवार दलका उम्मेदवारले सूर्य चुनाव चिह्न लिएर चुनाव लड्ने गरि एमालेसँग तालमेल गर्ने भएपछि विरोध जनाएका छन् । उनले पार्टीको चुनाव चिह्न बिक्री हुने व्यवसायिक चिह्न हो भन्दै प्रश्न गरेका छन्।
निर्वाचनमा राप्रपा नेपाल र परिवार दलका उम्मेदवारले सूर्य चुनाव चिह्न लिएर चुनाव लड्ने गरि एमालेसँग तालमेल भएको भोलिपल्ट नेता रावलले ‘के सूर्य चिह्न बिक्री हुने व्यवसायिक चिह्न हो र ?’ भन्दै प्रश्न गरेका छन् ।
‘ंविपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिह्नमा लड्ने तर एमाले हुनु नपर्ने रे, बिहीबार सामाजिक सञ्जालमा रावलले प्रश्न गरेका छन्, ‘के सूर्य चिह्न बिक्री हुने व्यवसायिक चिह्न हो र ?’
यस्तो कामलाई ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो भन्दै उनले टिप्पणी गरेका छन् । ‘यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र ? दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र, उनले भनेका छन् ।