काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले संविधानमा उल्लेख नागरिकको स्वास्थ्यको हकलाई स्थापित गर्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौँमा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको उद्घाटन गर्दै थापाले नागरिकको स्वास्थ्यको हकलाई स्थापित गर्न जनप्रतिनिधिले पनि सकारात्मक भूमिका खेल्नुपर्ने बताए ।
थापाले निर्वाचनमा उठ्दै गर्दा पूर्वाधार निर्माणमा प्रतिबद्धता जनाएसँगै जनताको स्वास्थ्यको अधिकार स्थापित गर्ने प्रतिबद्धता जनाउनुपर्ने बताए ।
त्यस्तै उनले सहुलियतमा स्वास्थ्य उपचारका लागि महानगरले पनि आवश्यक काम गर्नुपर्ने धारणा राखे । उनले जनताको स्वास्थ्य समस्याका आधारमा वडा वडामा स्वास्थ्य पूर्वाधार तयार हुनुपर्ने बताए ।