November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

नेकपा एमालेको जिल्ला अधिवेशन: १६ जिल्ला अधिवेशन स्थगित

2.1K

काठमाडौं :  नेकपा एमालेले जिल्ला अधिवेशन आज गर्दै छ। प्रदेश २ का सातसहित केही जिल्ला बाहेक सबै जिल्लाको अधिवेशन आज एकै पटक हुने छ।

यसअघि वडा र पालिका पनि एकैपटक अधिवेशन गरेको एमालेले आज भूगोल तर्फको जिल्ला अधिवेशन एकै दिन गर्न लागेको हो। अध्यक्ष केपी शर्मा ओलीले जिल्ला अधिवेशनको उद्घाटन केन्द्रीय कार्यालय थापाथलीबाट विहान ११ बजे गर्ने छन्। 

ओलीले आजै  काठमाडौं र काभ्रे जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए। 

Advertisement

‘केही हिमाली जिल्लाहरूमा बाहेक अन्यमा स्थानमा भूगोलतर्फको जिल्ला कमिटीको अधिवेशनमा आज एकैपटक हुनेछ। अध्यक्षले केन्द्रीय कार्यालयबाट भर्चुअल्ली उद्घाटन गर्नु हुनेछ’ अधिकारीले भने, ‘केही जिल्लाले प्रतिकुल मौसमी अवस्थाको कारण अहिले अधिवेशनमा गर्न सकिने छैन्।’

आन्तरिक विवादका कारण प्रदेश २ का सप्तरीबाहेक सात जिल्लामा भने आज अधिवेशन नहुने भएको छ। सप्तरीबाहेकका बाँकी सात जिल्लाको अधिवेशन पछि हुने नेकपा एमालेले जनाएको छ। 

अधिकारीका अनुसार प्रदेश २ को पर्सामा पुस २७, बाराको २८, रौतहटको २९, सिराहाको २५ गते, धनुषा माघ ३, महोत्तरी माघ ५ र सर्लाहीको ७ गते जिल्ला अधिवेशन हुने तय भएको छ।

नेकपा एमालेको १६ जिल्लामा आज अधिवेशन नहुने भएको छ। 

अध्यक्ष केपी शर्मा ओलीले आज ६१ जिल्लाको अधिवेशन भने भर्चुअल माध्यमबाट उद्घाटन गर्ने भएका छन्। पार्टीका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार प्रदेश–२ का सात जिल्लामा आन्तरिक विवादका कारणले आज अधिवेशन नहुने भएको हो।

सप्तरी बाहेक सिराहा, धनुषा, सर्लाही, महोत्तरी, बारा, रौतहट र पर्साको जिल्ला अधिवेशन रोकिएको छ। त्यस्तै संखुवासभाको जिल्ला अधिवेशन भने २६ पुसमा हुने भएको छ। त्यहाँ अध्यक्ष ओली आफैं जाने तयारी भएकाले अधिवेशन रोकिएको छ।

रोल्पामा जिल्ला सचिवको निधन भएकाले अधिवेशन रोकिएको छ। बाँकी जिल्लाहरुमा भने चिसो र हिमपातका कारणले अधिवेशन नहुने भएको  प्रचार विभागको भनाइ छ। 

रिजालका अनुसार मनाङ, मुस्ताङ, रुकुम पूर्व, हुम्ला, मुगु, कालिकोट र बझाङमा आज अधिवेशन हुने छैन्।