April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

प्रदेश नम्बर १ का प्रमुख परशुराम खापुङद्धारा ट्रिहाउस उद्घाटन

2.9K

विराटनगर । प्रदेश नं. १ प्रमुख माननीय परशुराम खापुङले किरात धार्मिक वन साकेला थान उपभोक्ता समूहद्वारा निर्माण गरिएको ट्रिहाउसको उद्घाटन गरेका छन् । कानेपोखरी ७ मोरङस्थीत उधौली पर्वको अवसरमा उपभोक्ता समूहले आयोजना कार्यक्रमबीच प्रदेश प्रमुख खापुङले ट्रिहाउसको उद्घाटन गरेका हुन् । पर्यटकीय हिसाब निर्माण गरिएको ट्रिहाउसमा एउटा परिवार बास बस्नको लागि मिल्ने खालको रहेको छ ।


उद्घाटनपश्चात प्रदेश प्रमुख खापुङलभने –“भाषा, संस्कार, संस्कृतिको काममा यस्ता कार्यहरुले उल्लेखनीय भूमिका खेल्छन् । यसमा हामी सबैले हातेमालो गर्नुपर्छ ।”


विशिष्ट अतिथि रहेका प्रदेशसभा सदस्य सुर्यमा राईले संस्कार संस्कृतिलाई व्यूताउँदै आएको किरात राईहरुको साकेला कोरोनाको कारण केही वर्ष मनाउन नपाएको बताए ।

Advertisement


कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख, सबडिभिजन कार्यालय कानेपोखरीका प्रमुख, कानेपोखरी वडा नं. ७ का वडाध्यक्षलगायतको उपस्थिति रहेको थियो ।

किरात धार्मिक वन साकेला थान उपभोक्ता समूहद्वारा निर्माण गरिएको ट्रिहाउस


२०५२ साल वैशाखमा यस धार्मिक वनको विधिवत दर्ता भएको थियो । हालसम्म उधौली पूजाको लागि व्यवस्थित साकेला थान, किराती राजा यलम्बरको आधुनिक मूर्ति, कार्यालय भवन, दुई प्रवेशद्वार निर्माण भएका छन् । तीन विगाहा क्षेत्रफल रहेको यस धार्मिक वनको वरीपरी तारजाली लगाइएको छ । दुई प्रवेशद्वार छन् ।


आगामी दिनमा कम्पाउण्ड लगाउनु, कार्यक्रमको लागि मञ्च निर्माण गर्ने, अम्ब्रेला हाउस, काठे रोटेपिङ, राजनैतिक, साहित्यिक, समाजसेवा, कला तथा संगीतक्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्यातीप्राप्त राईहरुको शालिक निर्माण गर्ने, वन्यजन्तुको आहारामा टेवा पुग्ने बोटविरुवा रोप्ने जस्ता कार्य गर्ने अध्यक्ष कृष्ण राई (रामकाजी)ले भावी कार्ययोजना प्रस्तुत गर्दै बताए ।