April 13, 2025, Sunday
२०८२ बैशाख १
1:37:26 pm

विभिन्न ६७ देशबाट आउने यात्रुले सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने

4.1K

काठमाडौं । अध्यागमन विभागले विभिन्न ६७ देशबाट आउने यात्रुका लागि सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरेको छ । कोरोनाको पछिल्लो ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै विभागले उक्त नियम लागु गरेको हो ।

शुक्रबार साँझ विभागले विज्ञप्ति जारी गर्दै अमेरिका, मलेसिया, थुप्रै युरोपेली मुलुकहरूसहित ६७ देशबाट आउने यात्रुले ७ दिन क्वारेन्टिन बस्नुपर्ने नियम लागु गरेको छ । यात्रुले आफ्नै खर्चमा होटल क्वारेन्टिन बस्नुपर्ने नियम लागू गरेको हो ।

विज्ञप्तीमा क्वारेन्टिन बसेको सात दिनपछि कोरोना परीक्षण गराउनुपर्नेछ । नतिजा नेगेटिभ आए सात दिन फेरि घरमै क्वारेन्टिन बस्नुपर्ने उल्लेख छ । नतिजा पोजेटिभ आएका व्यक्तिलाई तोकिएका आइसोलेसन केन्द्र वा अस्पताल पठाइने विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

हेर्नुहोस् सूचना