November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एमाले महाधिवेशन : पदाधिकारीसहित केन्द्रीय समितिको नाम प्रस्ताव गर्ने जिम्मा अध्यक्ष ओलीलाई

2.3K

चितवन : नेकपा एमालेको जारी बन्द सत्रमा सचिवालयका १९ जना पदाधिकारीसहित केन्द्रीय समितिका सबै सदस्यको नामावली प्रस्ताव गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मा दिइएको छ।

बन्द सत्रमा निकै प्रस्ताव पेश गरिएका छन्। पेश भएका प्रस्तावमा एक तिहाइ महिलालाई नेतृत्वमा अवसर दिने, सचिवालयका सबै पदाधिकारीलाई आरक्षण नभएर खुला रुपमा प्रस्तावित गर्ने लगायत छन्।

संगठन विभाग प्रमुख विष्णु पौडेलले पनि प्रस्ताव पेश गरेका छन्। 

Advertisement

यसैगरी प्रदेशगत रुपमा कुन प्रदेशबाट कति खुल्लाबाट सहभागी हुने र कति महिलाबाट सहभागी हुने भन्नेबारे भौगोलिक तवरबाट समेत निर्वाचनमा सहभागी गराउन प्रयास गरिएको छ।

केन्द्रीय समितिमा १ सय ३७ जना खुल्लाका लागि छुट्याइएको छ।