काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महासचिवभन्दा सानो पदमा उम्मेदवारी नदिने बताएका छन् । पाण्डेले महासचिव नपाए कुनै पदाधिकारीमा नउठ्ने बताएका हुन् ।
१०औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक समेत रहेका पाण्डेले महासचिव नपाए पनि सबै पदाधिकारीलाई मिलाएर लैजाने बताए ।
शुक्रबारदेखि सुरू हुन लागेको महाधिवेशनमा सहभागी हुन चितवन रहेका उनले महासचिव पदमा दाबेदारी प्रस्तुत गरेका हुन् ।




