May 21, 2025, Wednesday
२०८२ जेष्ठ ८
1:37:26 pm

नेपाली काँग्रेस भोजपुर जिल्लाको सभापतिमा विनोद बान्तावा

2.5K

जपुर । नेपाली काँग्रेस भोजपुर जिल्लाको सभापतिमा विनोद बान्तावा निर्वाचित भएका छन् । उनका प्रतिपक्षी नन्दमणी राई र बालकृष्ण थापा रहेका थिए ।

विनोदले ४१५ मत ल्याएका थिए । बान्तावाका प्रमुख प्रतिपक्षी नन्दमणी राईले ३९२ र बालकृष्ण थापाले ३६० मत ल्याएका थिए । 
तीनै जनाले खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पहिलो र दोस्रो मत ल्याउने बीच पुनः निर्वाचन हुने अवस्था रहेता पनि  निर्वाचनमा नगएर सहमतिका आधारमा बान्तावालाई नै सभापति बनाइएको काँग्रेसका एक नेताले बताए ।

जम्मा एक हजार २२७ मतमा एक हजार १६७ मत सदर भएको ६० मत बदर भएको थियो ।

Advertisement