November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

नेकपा स्थायी कमिटी बैठक : लामाको निधनमा शोक मनाएर स्थगित गरिने

3.4K

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने स्थायी कमिटी बैठक केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक मनाएर स्थगित गरिने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नियमित एजेण्डामा छलफल भने अनिश्चित रहेको छ। यसअघि २१ मंसिरको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय धुम्वाराही बसे पनि आइतबारको स्थायी कमिटी बैठक बालुवाटारमा बस्न लागेको हो।

आज बस्ने स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी ओलीसमेत सहभागी हुन सक्ने जनाइएको छ। यसअघिको स्थायी कमिटी बैठकमा ओलीले पार्टी कार्यालय सुरक्षित नभएको भन्दै पत्रद्वारा सम्बोधन गरेका थिए। 

Advertisement