November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

नेपाली कांग्रेस रौतहटको क्रियाशील सदस्यता सूची सार्वजनिक

२०७८ कार्तिक २४

2.2K

रौतहट । नेपाली कांग्रेस रौतहटको क्रियाशील सदस्यता सूची सार्वजनिक भएसँगै कात्तिक २७ मा वडा अधिवेशन गर्ने बाटो खुलेको छ । क्रियाशील सदस्यतामा देखिएको विवादका कारण वडा अधिवेशन नै सुरू हुन सकेको थिएन ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले रौतहटका क्रियाशील सदस्यको सूची आज पार्टी वेबसाइटमा सार्वजनिक गरेको छ ।

पछिल्लोपटक कांग्रेसले रसुवामा देखिएको क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गरेको थियो । कांग्रेसले १३ जिल्लामा कात्तिक २७ मा वडा अधिवेशन गर्दैछ ।

Advertisement

विधिसम्मत तवरले क्रियाशील सदस्यता दिनुपर्ने मागसहित पार्टी केन्द्रीय कार्यालय सानेपामा रौतहटका नेता तथा कार्यकर्ता तीन महिनादेखि अनसनमा छन् । उनीहरूका माग सुनुवाइ नगरी कांग्रेसले क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको छ ।

कांग्रेसले यसअघिनै ६४ जिल्लामा वडा अधिवेशन गरिसकेको छ । कांग्रेसले मंसिर २४ देखि २६ मा १४ औं महाधिवेशन गर्ने तयारी गरेको छ ।