November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता, सम्बन्ध अझै मजबुत बनाउने विषयमा छलफल

२०७८ कार्तिक १६

4K

लन्डन । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । मंगलबार स्कटल्यान्डको ग्लास्गो साइडलाइनमा भएको भेटवार्तामा द्विपक्षीय घनिष्ठ सम्बन्धलाई अझै मजबुत बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आजको भेटमा जलवायु परिवर्तनको असर र कोभिड–१९ महामारीबारे पनि छलफल भएको बताइएको छ । महामारीविरुद्ध मिलेर काम गर्ने संकल्प दुवै नेताले गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अधिकारीले भेटमा दुवै प्रधानमन्त्रीको भ्रमणका विषयमा पनि भएको जनाएका छन् । पहिले मोदी नेपाल आउने र त्यसलगत्तै देउवा भारत भ्रमणमा जाने विषयमा छलफल भएको बताइएको छ ।

Advertisement

देउवा प्रधानमन्त्री भएपछि मोदीसँग पहिलो औपचारिक भेटवार्ता भएको हो । सोमबार ग्लास्गोमै रात्रिभोजमा दुई नेताबीच जम्काभेट भएको थियो ।