November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

आज थपिए १२ सय १७ कोरोनाका बिरामी, थप १२ को मृत्यु

2.5K

काठमाडौं – पछिल्लो २४ घन्टामा १२ सय १७ जनामा कोरोना पुष्टि भएको छ। थपिएको संक्रमितहरूमा ७ सय ४३ महिला र ७ सय ७४ पुरुष छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ७२ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ।

त्यस्तै, थप १ हजार ६४ जना संक्रमणमुक्त भएका छन्। त्यसैगरी, १२ जनाको मृत्यु भएको छ। सक्रिय संक्रमित १२ हजार ३ सय ८६ छन्।

हालसम्म १८ लाख १३ हजार २ सय ४ जनाको पिसिआर परीक्षण गरिएको छ। २ लाख ४५ हजार ६ सय ५० जनामा कोरोना पुष्टि भएको छ। मृतकको संख्या १६ सय ६३ र संक्रमणमुक्त ९४.२ प्रतिशत छन्।

Advertisement