November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

समयमा महाधिवेशन हुन नसक्दा पार्टी वैधानिक संकटमा परेको छ : रामचन्द्र पौडले

1.5K

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा आफू सभापति पदको स्वभाविक उम्मेदवार भएको बताएका छन् । यसबारे आफ्नो समूहमा कुराकानी हुन भने बाँकी नै रहेको उनले उनले बताए ।

पौडेलले २०७२ सालमा भएको १३ औं महाधिवेशनमा पनि आफू सभापतिकै उम्मेदवार रहेकोले यसपालि पनि सभापति पदमै उठ्ने उनले बताए ।

आज बाँकेमा पत्रकारहरूसँग पौडेलले भने, ‘म पार्टीभित्र स्वभाविक रूपमा सभापतिको उम्मेदवार हुँ, ‘१३ औं महाधिवेशनमा पनि म नै सभापतिको उम्मेदवार थिएँ । यसपालि पनि टिममा छलफल गरेपछि निर्णय हुन्छ । स्वभाविक रूपमा म सभापतिको उम्मेदवार हुँ ।’

Advertisement

टिमभित्र अन्य नेताहरूले पनि सभापति पदमा उठ्ने इच्छा राखे पनि छलफलबाटै एक जना मात्रै उम्मेदवार हुने उनले बताए ।

उनले महाधिवेशन तयारीबारे थप छलफल गर्न आफूले दसैंअगाडि नै केन्द्रीय समिति बैठक राख्न माग गरेको बताए ।

पौडेलले समयमा महाधिवेशन हुन नसक्दा पार्टी नै वैधानिक संकटमा परेको बताउदै उमहाधिवेशन समयमै गर्न सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गरिएको पनि बताए ।