June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

२०७७ चैत मसान्तभित्र पार्टी सदस्य बनेकाहरू एमाले महाधिवेशन प्रतिनिधि बन्न पाउने

5.7K

काठमाडौं । नेकपा एमालेको शुक्रबार बसेको बैठकले २०७७ चैत मसान्तभित्र पार्टी सदस्य बनेकाहरू महाधिवेशन प्रतिनिधि बन्न पाउने निर्णय गरेको छ ।

त्यसैगरी चितवनमा हुने महाधिवेशनको निर्वाचन प्रक्रियामा विद्युतीय मेसिन प्रयोग गर्ने निर्णय गरेको छ । त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय भएको प्रवक्ता प्रदिप ज्ञवालीले बताए ।
यस्तै प्रतिनिधिको मापदण्डका साथै आवश्यक थप निर्णय गर्न कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय समितिको बैठक बोलाइएको छ ।

त्यसैगरी महाधिवेशनमा विभिन्न मुलुकका मित्र पार्टी संगठनका प्रतिनिधि र देशभित्रका राजनीतिक पार्टीलाई निमन्त्रणा गर्ने निर्णय पनि भएको छ ।

Advertisement

बैठकले १० बुँदे कार्यान्वयन अर्को स्थायी कमिटी बैठकअघि गरिसक्न प्रयास गर्ने निर्णय पनि गरेको छ ।