June 15, 2025, Sunday
२०८२ असार १
1:37:26 pm

एमसीसीको यति ठूलो अनुदान चाहिएन भन्छन् , हद भइसक्यो: प्रधानमन्त्री देउवा

4.5K

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी पारित गरिने बताएका छन् । प्रधानमन्त्री देउवाले एमसीसी ऋण नभई ठूलो अनुदान रहेको बताउदै एमसीसी पास हुने बताए ।

बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणमा सुदूरपश्चिम पुगेका देउवाले धनगढीमा आज बिहान भएको पत्रकार सम्मेलनमा पत्रकारले राखेको प्रश्नको जवाफ दिँदै एमसिसी पास हुने बताएका हुन् । उनले एमसिसीबारे झुठा प्रचार भइरहेको पनि बताए ।

एमसिसी नेपालको कानुनभन्दा माथि नरहेको पनि उनको भनाइ थियो । नेपालकै कानुनअनुसार नै एमसिसी अगाडि बढ्ने उनले बताए ।

Advertisement

‘यो नेपालकै कानुनअनुसार हुन्छ । यति ठूलो अनुदान आएको छ तर त्यो पनि चाहिएन भन्छन् हद भइसक्यो,’ उनले भने ।

त्यसैगरी प्रधानमन्त्री देउवाले बाढीपहिरो र डुबानपीडितलाई तत्काल उद्धार गरिने र राहत दिइने बताए । तत्कालीन र दीर्घकालीन राहत प्याकेज ल्याइने प्रधानमन्त्री देउवाको बताए ।