June 17, 2025, Tuesday
२०८२ असार ४
1:37:26 pm

विपद्‍मा परेका नागरिकलाई सरकार भएको आभाष दिलाउन रामचन्द्र पौडेलको आग्रह

4.2K

काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विपद्‍मा परेका नागरिकलाई सरकार भएको आभाष दिने गरी काम गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

पौडेलले बुधबार सामाजिक सञ्जालमार्फत् आम नागरिकलाई सरकार छ भन्ने आभाष दिलाउन पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका हुन् ।

‘अप्रत्यासित र बेमौसमी वर्षाका कारण देशका विभिन्न भागमा बाढी–पहिरोले जनजीवन अस्तव्यस्त बनाएको छ, ठूलो मानवीय र भौतिक क्षति भएको छ, सरकारले आफ्नो सम्पूर्ण ध्यान तत्काल उद्वार र राहतका लागि केन्द्रित गरोस् ।’, उनले बताए ।

Advertisement

प्रधानमन्त्री देउवाले भने उद्वार र राहतका लागि विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्लाई बुधबार निर्देशन दिइसकेका छन् ।