June 15, 2025, Sunday
२०८२ असार १
1:37:26 pm

कम्युनिस्ट पार्टीबीच पुनः एकता गरी आगामी निर्वाचनमा होमिनुपर्छ :अष्टलक्ष्मी शाक्य

3.3K

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले कम्युनिस्ट पार्टीबीच पुनः एकता गरेर आगामी निर्वाचनमा होमिनुपर्ने बताएकी छन् ।

नेकपा (एमाले) बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकको आज यहाँ उद्घाटन सत्रमा बोल्दै उनले छिन्नभिन्न कम्युनिस्टलाई एकतामा ल्याई समृद्धि र समाजवादको यात्रामा लाग्नुपर्ने बताइन् ।

“एमाले फुट्नु आवश्यक थिएन । एमाले फुटनुमा कार्यकर्ताको दोष छैन”, उनले भनिन् ।

Advertisement

त्यसैगरी मुख्यमन्त्री शाक्यले प्रदेश सरकार विपद् व्यवस्थापन कोष स्थापना गरेर बाढीपहिरामा परेकालाई सहयोग उपलब्ध गराइरहेको जानकारी दिईन् ।