November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

उद्योगमन्त्री गजेन्द्र हमालले गरे राजीनामा दिने घोषणा

3.1K

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिने घोषणा गरेका छन् । हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताए ।

उनले आफ्नो स्वविवेक प्रयोग गरीराजीनामा बुझाएको बताएका छन् । हमालले भने, मैले राजीनामा बुझाएको छु । मैले मेरो स्वविवेक प्रयोग गरेँ । त्यत्तिकै विवादमा किन पर्ने ? साथीहरु राजीनामा नगर्ने भनेका थिए । म राजीनामा दिने पक्षमा गएँ । मैले राजीनामाको जानकारी दिइसकेको छु । आज गएर राजीनामा बुझाउँछु ।’

प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा स्वीकृत गराउन बाध्य पार्न आफूले मिडियामा राजीनामा दिन लागेको जानकारी गराएको उनको भनाइ छ ।

Advertisement