November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

कांग्रेसको १० जिल्लामा अधिवेशन सम्पन्न, पौडेल पक्षको अग्रता

1.8K

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत १० वटा जिल्ला अधिवेशनको अन्तिम परिणाम सार्वजनिक भएको छ । आज बिहानसम्म अधिवेशन सम्पन्न भएका १० जिल्लामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको अग्रता दखिएको छ ।

१० जिल्ला सभापतिमध्ये ६ मा पौडेल समूह तथा चारमा सभापति शेरबहादुर देउवा पक्षका सभापतिले नेतृत्व हात पारेका छन् । पौडेल पक्षका जिल्ला सभापतिहरूमा रोमी गौचन थकाली (मुस्ताङ), अम्मबहादुर शाही (कालीकोट), केशरमान रोका (रुकुमपूर्व), दीपक खड्का (संखुवासभा), नन्दप्रसाद न्यौपाने (गोरखा) र बर्मा लामा (दोलखा) रहेका छन् ।

देउवा पक्षका जिल्ला सभापतिहरूमा शंकर गुरुङ (मनाङ), मोहनविक्रम सिंह (हुम्ला), गजेन्द्र तुम्याहाङ (ताप्लेजुङ) र पूर्णबहादुर तामाङ (रामेछाप) रहेका छन् । कांग्रेसले हिमाली जिल्लामा दशैँअघि नै जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णयअनुसार बाँकी जिल्लामा अधिवेशन जारी छ ।

Advertisement