November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

नन्दप्रसाद न्यौपाने भए कांग्रेस गोरखाको सभापति

2.2K

काठमाडाैं । नेपाली कांग्रेस गोरखा जिल्ला कार्यसमिति सभापति पदमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत निर्वाचित भएका छन्। आज भएको उम्मेदवारी दर्तामा न्यौपानेले मात्रै सभापति पदमा उम्मेदवारी दिएका थिए।

उनी कांग्रेस नेता गगन थापानिकट हुन्। न्यौपाने यसअगाडि कांग्रेस गोरखाको सचिव थिए। उनी नेविसंघ गोरखा सभापतिमा दुई कार्यकाल रहेर पनि काम गरेका थिए।

उनले आइतबार भएको महाधिवेशन प्रतिनिधिको चुनावमा गोरखा क्षेत्र नम्बर १ बाट सबैभन्दा धेरै मत ल्याएका थिए। गोरखामा उपसभापति, सचिव, सहसचिवलगायत पदमा भने मंगलबार बिहान ८ बजेदेखि निर्वाचन सुरू हुनेछ। 

Advertisement