November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

कांग्रेस महाधिवेशन : निधि, कोइराला र सिंह फेरि छलफलमा

1.7K

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको दाबेदार उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहबीच छलफल जारी छ।

निधिनिवास बानेश्वरमा भेटवार्ता जारी रहेकाे नेता  सिंहका स्वकीय युपी लामिछानेले बताए। आसन्न महाधिवेशन र मुलुकको पछिल्लाे राजनीतिक अवस्थाबारे छलफल जारी रहेकाे उनले बताए।

तीनै नेताहरू सभापतिको दाबी गर्दै आइरहेका छन्। तर, संस्थापन पक्षबाट शेरबहादुर देउवाले नै सभापतिमा उठ्ने अडान राखेपछि संस्थापनइतर पक्षबाट एक जना मात्र उम्मेदवार बनाउने प्रयास गरिरहेका छन्। 

Advertisement

तर, सभापतिको आकांक्षी धेरै भएकाले कुरा मिल्न सकिरहेका छैन। संस्थापनइतर पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि उठ्ने इच्छा व्यक्त गरिरहेका छन्। 

तर, यी तीन नेताहरू भने देउवा र पौडेलले अब विश्राम लिएर दोस्रो पुस्तालाई अगाडि सार्नुपर्ने बताउँदै आइरहेका छन्।

यसअघि पनि यी तीन नेताबीच छलफल भएको थियो। तर, कुनै सहमति हुन सकेको थिएन।