April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

रवीन्द्र मिश्रले भने- विवेकशील साझा पार्टी वैकल्पिक होइन, निर्विकल्प बनाउने हो

2K

काठमाडौं- नवगठित साझा विवेकशील पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीलाई वैकल्पिक होइन, निर्विकल्प बनाउने बताए। बुधबार पार्टी एकताको औपचारिक घोषणा गर्न आयोजित भर्चुअल समारोहमा उनले आम जनताले वैकल्पिक पार्टीको रुपमा होइन, निर्विकल्प पार्टीको रुपमा स्थापित गर्नेछन् भन्ने विश्वास लिएको बताए।

एकताको दिन आफूलाई अत्यन्तै खुसी लागेको मिश्रले बताए। राजनीतिमा लागेपछि अप्ठ्यारो हुन्छ भन्ने लागेको उनले बताए। पार्टी विभाजनलाई ‘लडेको’ घटनाको रुपमा अर्थ्याउँदै उनले त्यसबाट आफूहरु दुखित भएको बताए।

उनले नवगठित पार्टीलाई एकीकृत राखिरहनुपर्ने बताए। ‘यसलाई निर्वाचन आयोगमा दर्ता भएका १५० वटा पार्टीको रुपमा होइन, यो देशको नेतृत्व गर्ने पार्टीको रुपमा उभ्याउँछन् भन्ने विश्वास लिएको छु’, उनले भने।

Advertisement

मिश्रले आफ्नो सम्बोधनमा वाद र व्यवस्था नमिलेर नभई नेतृत्वमा दूरदृष्टिवाला, सक्षम व्यक्ति नपुगेर नेपालको विकास नभएको उनले बताए। ‘गणतन्त्रको सबैभन्दा ठूलो शत्रु भ्रष्ट र असक्षम गणतन्त्रवादी हुन्’, उनले भने।

उनले भ्रष्ट र असक्षम नेताहरुलाई नेतृत्वमा पुर्‍याएकै कारण देशको अवस्था खराब भएको भन्दै सक्षम नेताहरुलाई नेतृत्वमा पुर्‍याउनुपर्ने बताए।