November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

महेश बस्नेतलाई देउवाको चुनौति : मलाई होइन, दुर्लभ थापालाई चुनाव हराएर देखाउनुस्

1.8K

काठमाडौं- नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई नभई भक्तपुरका जिल्ला सभापतिलाई चुनाव हराएर देखाउन एमाले सांसद महेश बस्नेतलाई चेतावनी दिएका छन् ।

उनले भक्तपुरमा वडा अधिवेशनको उद्घाटन गर्दै यस्तो बताएका हुन् । ‘बस्नेतजीले मलाई होइन, भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई चुनाव हराएर देखाउनुस्’, देउवाको भनाइ थियो ।

केही अघि एमाले नेता महेश बस्नेतले भक्तपुरमा शेरबहादुर देउवालाई चुनावमा उठाए आफू लड्न तयार रहेको बताएको प्रति लक्षित गर्दै देउवाले भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई हराएर देखाउन चुनौति दिएका हुन् । भदौं पहिलो साता बस्नेतले भक्तपुरमा कांग्रेसका सभापति शेरबहादुर देउवालाई उठाए पनि आफूले सहजै रुपमा विजय हासिल गर्ने दावी गरेका थिए । बस्नेतले आगामी निर्वाचन पछि भक्तपुरमा कांग्रेसलाई सिला खोज्नुपर्ने अवस्था आउने चेतावनी समेत दिएका थिए ।

Advertisement