November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

सर्वसम्मत र स्वस्थ प्रतिष्पर्धाबाट नेतृत्व छानौं: कांग्रेस सभापति देउवा (भिडियोसहित)

1.4K

दार्चुला- नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गणतन्त्रलाई संस्थागत गर्न पार्टी बलियो बनाउन जरुरी भएको बताएका छन् । पार्टीको वडा अधिवेशनको अवसरमा भिडियो सन्देश जारी गर्दै उनले ‘बलियो कांग्रेस, समृद्ध देश’ भन्ने नारालाई साकार पार्न आग्रह गरेका छन् ।

उनले संवैधानिक बाध्यताअनुसार कोरोना महामारीकै बीच महाधिवेशन शुरु गर्नु परेकोले सामाजिक दूरी कायम गरी सहभागी अनुरोध गरेका छन् । भिडियो सन्देश जारी गर्दै उनले भनेका छन्, ‘आज म निकै खुशी छु । ८ लाखभन्दा बढि नेपाली कांग्रेसका क्रियाशिल सदस्य आजदेखि १४ औ महाधिवेशको प्रक्रियामा सहभागी हुनु भएको छ र मैले ती सबै सदस्यहरु र नेतृत्वको जोश, जाँगर र साथको अनुभूति यतिबेला गरिरहेको छु ।’

नेपालका हरेक राजनीतिक आन्दोलनको नेतृत्व गर्दै पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा पनि नेपाली कांग्रेस सधै अगाडि रहेको विज्ञप्तिमा उल्लेख छ । ‘पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य हो । स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र संगठनको जग मजबुत बनाउदै जन–जनमा लोकतन्त्रको रक्तसंचार गर्छ ।’ देउवाले भनेका छन्, ‘देशभरका साथिहरुलाई लोकतान्त्रिक प्रक्रिया अनुसार सर्वसम्मत वा स्वस्थ प्रतिस्पर्धामार्फत अधिवेशनमा सहभागी हुन अनुरोध गर्दछु ।’

Advertisement

विगतको योगदान, जनताको भरोसा, परिपक्वता र अनुभवका कारण मुलुकको नेतृत्व अहिले फेरि कांग्रेसकै काँधमा आएको बताउँदै प्रधानमन्त्रीसमेत रहेका देउवाले जनताको विश्वास जित्ने गरेर अघि बढ्ने प्रण गरेका छन् । उनले १४ औं महाधिवेशनमार्फत शसक्त कांग्रेस बनाउने अभियानमा होमिएको बताएका छन् । उनले शुक्रबारदेखि शुरु हुने वडा अधिवेशनमा सहभागीलाई स्वागत तथा बधाई ज्ञापन समेत गरेका छन् ।

https://www.facebook.com/watch/?v=212745884215052