काठमाडौं- आसन्न १४ औं महाधिवेशनको तयारीमा रहेको नेपाली कांग्रेसको संस्थापन इतर अर्थात् वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेता आज (बुधबार) पनि छलफलमा बस्दै छन् ।
पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीका अनुसार पार्टीको क्रियाशील सदस्यताबारे छलफल गर्न छानबिन समितिका सदस्यलाई अहिले बिहान ९ साढे बजेका लागि नेता पौडेलको निवास (बोहराटार) मा बोलाइएको हो ।
मंगलबार बोहराटारमै साझा उम्मेदवार तय गर्नेबारे इतर समूहबाट सभापतिका आकांक्षीबीच छलफल भएको थियो । तर ठोस निष्कर्ष निस्कन सकेन । तसर्थ आज दिउँसो आज २ बजे फेरि आकांक्षीबीच पनि छलफल हुने बताइएको छ ।