May 27, 2024, Monday
२०८१ जेष्ठ १५
1:37:26 pm

सभापतिको उम्मेद्वार छान्न बोहोराटारमा पौडेल पक्षको बैठक

1.9K

काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा आफ्नो पक्षबाट सभापतिको उम्मेदवार चयन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बस्दैछ ।

आज (मंगलबार) दिउँसो पौडेल निवास बोहोटारमा बैठक बस्ने केन्द्रीय सदस्य बलबहादुर केसीले बताए । उनका अनुसार संस्थापनइतर समूहबाट सहमतिमा एक जना मात्रै सभापतिको उम्मेदवार चयन गर्न बैठक बस्न लागेको हो । पौडेल समूहमा सभापतिका लागि चार नेता आकांक्षी छन् । पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापति पदमा दावी गरेका छन् ।

नेताहरुबीच सहमतिमा उम्मेदवार चयन गर्न निरन्तर छलफल भइरहेपनि सहमति भने जुट्न सकेको छैन । महाधिवेशन कार्यतालिका अनुसार भदौ १८ गते वडा अधिवेशन शुरु हुनुअघि साझा उम्मेदवार तय गर्ने, नभए कम्तीमा एउटा मात्रै उम्मेदवार बन्छौं भनेर सामूहिक प्रतिवद्धता जनाउने तयारी पौडेल समूहको छ ।

Advertisement