February 7, 2025, Friday
२०८१ माघ २५
1:37:26 pm

‘म कसैलाई हराउन सभापति बन्न खोजेको होइन’: कांग्रेस नेता निधि

2K

काठमाडौं- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आसन्न १४ औं महाधिवेशनलाई लक्षित गर्दै काठमाडौंको थापा गाउँमा सम्पर्क कार्यालय खोलेका छन् ।

सम्पर्क कार्यालय उद्घाटन समारोहलाई बिहीबार दिउँसो सम्बोधनका क्रममा नेता निधिले आफू कसैलाई हराउनका लागि सभापतिको उम्मेदवार बन्न नलागेको स्पष्टीकरण दिएका छन् । ‘म कसैलाई हराउन सभापति बन्न खोजेको होइन । अर्को चुनावमा हामी रुख छापलाई जिताउन हामी सफल हुनेछौं’, उनले भने, ‘म नेपाली कांग्रेसको सभापति हुने कुरा आगामी आम चुनावसँग जोडिएको छ । नेपाली कांग्रेसको रुख छापलाई बहुमत प्राप्त गराउनका लागि सबैलाई समेटेर भूमिकामा उत्रिनेछु ।’

उनले आफू कसैलाई पराजित या अक्षम घोषित गर्न सभापतिको मैदानमा नउत्रिएको पनि बताएका छन् । ‘म कसैलाई पराजित गर्न, कसैलाई अक्षम घोषित गर्न, कसैलाई रिटायर गर्न सभापति बन्न खोजेको होइन’, निधिले थपे, ‘नेपाली कांग्रेसलाई बलियो बनाउन, रुख छापलाई जनतासँग, मतदातासँग जोड्न सभापति बन्न लागेको हो ।’

Advertisement