November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

सामूहिक राजीनामा दिने कांग्रेस आमन्त्रित केन्द्रीय सदस्यको बैठक बस्दै

2.1K

काठमाडौं । सामूहिक राजीनामा दिएका कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यको बैठक बस्दैछ ।

नेपाली कांग्रेसको १४औं केन्द्रीय महाधिवेशनमा स्वतः प्रतिनिधि बन्न पाउनुपर्ने माग राख्दै राजीनामा दिएका २२ जना केन्द्रीय सदस्यहरुको बैठक १२ बजे बस्ने भएको हो ।

आमन्त्रित केन्द्रीय सदस्य मध्येका एक किरण पौडेलका अनुसार अनुसार अमेरिकामा रहेका आनन्द विष्ट बाहेकका अन्य २१ जना बैठकमा उपस्थित हुने छन् ।

Advertisement

शुक्रबार राजीनामा दिएका आमन्त्रित केन्द्रीय सदस्यको राजीनामालाई सभापति शेरबहादुर देउवाले अस्वीकृत गरेका छन् ।

आमन्त्रित केन्द्रीय सदस्यलाई विधानमा अधिकार संकुचित गरिएको भन्दै उनीहरुले राजीनामा दिएको जनाइएको छ ।

आमन्त्रित केन्द्रीय सदस्य थप्दा वरिष्ठ नेता रामचन्द्र पौडेलले पक्षले आपत्ति जनाएको थियो । उनीहरुको मागअनुसार सुनुवाइ भए देउवा पक्ष नै बलियो हुनेछ । देउवा उनीहरुको मागमा सकरात्मक छन् । वरिष्ठ नेता पौडेलले भने उक्त मागको विरोधमा देखिएका छन् ।

यी हुन् राजीनामा बुझाउनेहरु
१. कुमार खड्का
२. बालकृष्ण पाण्डेय
३. किरणराज शर्मा पौडेल
४. सुधीरकुमार शिवाकोटी
५. ध्रुव वाग्ले
६. शम्भुलाल श्रेष्ठ
७. मोहनसिंह राठौर
८. आनन्द विष्ट
९.जनकराज कलौनी
१०. कृष्णकिशोर घिमिरे
११. मनोहरनारायण श्रेष्ठ
१२. भूमिबहादुर (विश्व) गुरुङ
१३. राजेश बहादुर सिंह
१४. रमा कोइराला पौडेल
१५. दयाराम पाण्डे
१६. गोपालकुमार बस्नेत
१७. दिलीप राई
१८. अभिषेख प्रताप शाह
१९. नरेन्द्रकुमार चौधरी
२०. हसन अन्सारी
२१. नन्दनकुमार दत्त
२२. आशाराम चौधरी