काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ ।
बिहीबारदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने छ ।
आजको बैठकमा पनि महाधिवेशन निर्वाचन निर्देशिका, क्रियाशील सदस्य केन्द्रीय छानबिन समिति र समायोजन समितिले पेस गरेको प्रतिवेदनमाथि छलफल हुने एक नेताले जानकारी दिए ।
कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टीको १४ औँ महाधिवेशनको परिमार्जिक कार्यतालिका ल्याउने भएको छ ।