काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली पार्टी एकताको पक्षमा गम्भीर नबनेको बताएका छन्। पार्टी मुख्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।
‘हामीले बैठकको लागि अपिल गर्यौँ। तर, उहाँले हामीलाई त्यसको जवाफ आरोपको मात्रै दिनुभयो’ अध्यक्ष प्रचण्डको भनाई उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘हामीले बैठकको माग गर्दा उहाँले आरोप नै आरोपको १० पेज लामो जवाफ दिनुभयो।’
पार्टीको बैठक राख्न माग गर्दा प्रधानमन्त्री ओलीले पार्टी एकता पूर्वको कुरालाई कोट्याएको उनले बताए। ‘हामी ५ जनाको सहमतिमा उहाँलाई बैठक राख्नका लागि लिखित रुपमा माग गरेका थियौँ। तर, उहाँले पार्टी एकता भन्दा अगाडिको धेरै कुरा उठाउनुभयो। सबै दोष ममाथि मात्रै देखाउनुभयो,’ उनले भने।
पार्टी एकता पूर्वको कुनै कुरा नकोट्याउँदा ओलीले पुराना कुराहरुलाई ल्याएको उनले बताए। पार्टी र सरकार सञ्चालनमा देखिएको कमी कमजोरीलाई समाधान गरेर अघि बढ्न बैठकको माग गरेको उनले बताए।
‘पार्टी र सरकार सञ्चालमा देखिएका कमजोरीहरू र पाटी एकताको क्रममा देखिएका कमजोरीमा देखाएको हामीले अरु कुरा गरेका छैनौँ’, उनले भने, ‘तर, उहाँ पार्टी एकताको पक्षमा संवेदनशील हुन भएको देखिएन।’
प्रधानमन्त्री ओलीले पार्टीभित्र तोक आदेश लगाउने प्रचलन ल्याएको आरोप लगाए। ‘हाम्रो पार्टीमा तोक आदेश लगाउने प्रचलन छैन। उहाँ पार्टीभित्र तोक आदेश लगाउनुभयो’ उनले थपे, हामी पार्टी एकतालाई बचाउन बचाउन दृढतापूर्वक लागेका छौँ।’
‘पार्टीभित्र उठेको बिषयबस्तु लाई छलफल गरेर बैठकबाट समाधान निकालौँ भन्ने हाम्रो कुरा हो। अहिले यो भन्दा उन्नत खालको प्रस्तावको सम्भावना छैन।