April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

भारतसँगको औपचारिक संवादको ढोका खुल्यो, सीमा समस्या मुख्य एजेण्डाः परराष्ट्रमन्त्री ज्ञवाली

3.2K

काठमाडौँ- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा विवादमा भारतसँगको औपचारिक संवादको ढोका खुलेको बताएका छन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा बोल्दै मन्त्री ज्ञवालीले भारतीय विदेश सचिवको हालै सम्पन्न नेपाल भ्रमणले नक्सा प्रकाशन गरेपछि रोकिएको दुई देशबीच औपचारिक संवादको ढोका खुलेको बताएका हुन् ।

नक्सा प्रकाशन गरेपछि रोकिएको दुई देशबीच औपचारिक संवादको ढोका खुलेको बताउँदै उनले सीमा समस्यालाई नेपालले औपचारिक एजेण्डा बनाएर उठाएको पनि जानकारी दिए ।

Advertisement

मन्त्री ज्ञवालीले सीमा समस्यालाई गम्भीरताका साथ नेपालले उठाउने भन्दै दुवै देश सम्वादबाटै समधान खोज्न तयार भएको बताए । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला दुई दिने औपचारीक भ्रमण सकाएर केही दिन पहिले स्वदेश फर्किएका थिए ।