April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

मन्त्रिपरिषद बैठकअघि राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

2.5K

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

मन्त्रिपरिषद्को नियमित बैठकअघि शीतलनिवास पुगेका प्रधानमन्त्री ओलीले के विषयमा छलफल गरे भन्ने केही खुलाइएको छैन ।

यद्यपि उनको सचिवालयले यो भेटवार्तालाई नियमित भनेको छ । पार्टी विवाद चरमोत्कर्षमा पुगेका ओलीले राष्ट्रपतिसँग भेटवार्तालाई अर्थपूर्णरूपमा हेरिएको छ ।

Advertisement

प्रधानमन्त्रीले आजै अपराह्न ४ बजे मन्त्रिपरिषद बैठक पनि डाकेका छन् ।