काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (शुक्रबार) पनि बस्दै छ।
महाधिवेशन कार्यतालिका परिमार्जनसहित विभिन्न प्रस्तावमा छलफल गर्न बिहीबारदेखि जारी बैठक आज दिउँसो १ बजे बस्ने बताइएको छ।
हिजोको बैठकमा तल्लो तहको कार्य समितिको अधिवेशन साउन १२ गतेबाट सुरु हुने प्रस्ताव पेश गरिएको थियो।
आजको बैठकले हिजो प्रस्ताव गरिएका विभिन्न विषयमा छलफल गरी निर्णय अनुमोदन गुर्नका साथै अन्य विभिन्न समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
यसअघि गत शनिबार बसेको पार्टीका पदाधिकारीको बैठकले आसन्न १४औं महाधिवेशनको मिति सार्ने निर्णय गरेको थियो।
यसअघि भदौ ७ देखि १० सम्मका लागि तोकिएको महाधिवेशन अब भदौ १६ गतेबाट सुरु गर्ने निर्णय पदाधिकारी बैठकले गरेको थियो।